२६
माघ २०७६ - युवा रेडक्रस सर्कल नोबेल कलेजको आयोजना नेरेसो केन्द्रिय
कार्यालय, नेरेसो काठमाडौं जिल्ला शाखा, नेरेसो पशुपति-बौद्ध उपशाखा र
नेरेसो गणबहाल उपशाखाको सहयोगमा कोरोना भाइरसबारे बसन्तपुर-२३, काठमाडौंमा
जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
उक्त
जनचेतनामूलक कार्यक्रममा युरेस नोबेल कलेजका स्वयंसेवक
विद्यार्थीहरुद्वारा निर्मित भिडियो प्रस्तुत गर्नुको साथै विभिन्न पाठ्य
सामाग्री वितरण गर्दै हात धुने ७ बिधिबारे प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रम लगभग २ घन्टा सम्म संचालन गर्ने क्रममा अनुमानित ५०-७० जना
विद्यार्थी, सर्बसाधन लगायत स्थानीयहरुले कोरोना भाइरसको जोखिमबाट सुरक्षीत
रहने बिधिबारे जानकारी प्राप्त गरे। सो कार्यक्रममा नोबेल कलेजका शिक्षक,
नेरेसो बालाजु उपशाखा र नेरेसो गणबहाल उपशाखाका प्रतिनिधि तथा
पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
भक्त चन्दन बाराही
उप-सचिब
नेरेसो गणबहाल उपशाखा
No comments:
Post a Comment